सोमवार, बैशाख १७, २०८१

श्रीकृष्ण जन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

अनुप प्रधान /काठमाडौं भाद्र २०
आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरस्थित कृष्ण मन्दिर र हनुमानढोकास्थित कृष्ण मन्दिरमा समेत आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।भगवान श्रीकृष्णको पूजा अचृनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलनन रहिआएको छ ।