मङ्लबार, जेष्ठ १, २०८१

सहमहामन्त्री यादवमाथि भएको साङ्घातिक आक्रमणको कांग्रेसद्वारा भर्त्सना

काठमाडौं भाद्र २०,
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आज रिपोर्टर्स क्लबमा भएको साङ्घातिक हमलाको कांग्रेसद्वारा भर्त्सना गरेको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घटनाको घोर निन्दा सहित जारी विज्ञप्तिमा यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुन सक्ने जोकोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न माग काँग्रेसले गरेको छ।

आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाउँदै सहमहामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031