सोमवार, बैशाख १७, २०८१

नार्गाजुन वडा न ४ मा सामुहिक तिज विशेष कार्यक्रम

काठमाडौं भाद्र १८,
महिलाहरुको आसन्न महानपर्व हरितालिका तिजको पूर्व सन्ध्यामा काठमाडौं निर्वाचन क्षेत्र ८ अन्र्तगत रहेको नार्गाजुन नगरपालिका वडा न ४ मा सामुहिक तिज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमका संयोजक अनु जयशवाल गुरुङ्गले हिन्दू नारीहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाउने महत्त्वपूर्ण चाड तिज मुलत शिव पार्वतीको विवाहको प्रसंगसंगै यो व्रत गर्दा चिताएको कुरा पुग्ने विस्वास सहित पौराणिक कालदेखि नै तिजपर्व मनाउने चलन चल्दै आएको बताइन ।

त्यस्तै यो चाडमा विवाहित महिलाको हकमा माइतीले [बाबु आमा,दाजुभाइ] छोरीरचेली लाई घरमा बोलाएर मीठा९मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने नाचगान गर्ने चलन अर्थात दर खाने प्रचलन रहिआएको बताउँदै उनले भनिन पछिल्लो समय दर खाने परम्परालाइ समय सापेक्ष संस्थागत र सामुहिक रुपमा मनाउँने क्रममा नार्गाजुन वडा न. ४ का दिदिवहिनी समूहले शनिवार तिज विशेष कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै कार्यक्रममा वडा न ४ का विभिन्न २२ महिला समूहको दर्जनौ महिला दिदिवहिनीको उत्साह जनक सहभागिता रहेको बताइन ।

 

साथै कार्यक्रममा नार्गाजुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, वडा न. ४ वडाध्यक्ष लक्ष्मीराम शर्मा, काँग्रेस महासमिति सदस्य उर्मिला बस्नेत, महाधिवेशन प्रतिनिधि उज्जवल पनेरु, वडा सदस्य बालकृष्ण ढुङ्गाना,सुन्दरमणि श्रेष्ठ ,सुदिप बुढाथोकी , मुस्कान राज गौतम , लगायतको विशेष उपस्थिती रहेको थियो भने संगीता पौडेल,कान्ति छेत्री, दुर्गा कुवर, लक्ष्मी रिजाल र सरश्वती मल्ल लगायतको सहयोगमा कार्यक्रम सम्पन्न भएको  संयोजक अनुले बताए ।