मङ्लबार, जेष्ठ १, २०८१

ट्राफिक प्रहरीको अनावश्यक केरकार सहितको असभ्य व्यवहार खेदजनक: प्रमुख साहको सचिवालय

काठमाडौं भाद्र १७,
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले आफ्नी श्रीमती सबिना काफ्लेमाथि प्रहरीद्वारा अनावश्यक केरकार गरिएको ब‍ताएका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन साहले शनिबार सामाजिक सञ्जालमा निकै  आक्रमक एव् उत्तेजक अभिव्यक्ति सहित महानगरको कुनै पनि गाडी रोकेमा मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की सहित सरकारलाई समेत ‘चोर’को संज्ञा दिदै लेखेको स्टाटस पछि सिर्जित तरंग पछि महानगर प्रमुख साहको सचिवालयका तर्फबाट स्वकीय सचिवले आइतबार जारी विज्ञप्ति जारी गर्दै प्रस्तुत घटनाको विषयमा प्रष्टिकरण दिएका छन ।

यद्यपी जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसका विषयमा कुनै प्रसंग जिकिर नगरे पनि ट्राफिक प्रहरीद्वारा मेयर पत्नीमाथि मानवीय संवेदनशीलताको ख्याल नराखी ७ मिनेटसम्म सडक किनारामा राख्न लगाएर ट्राफिक प्रहरीले अनावश्यक केरकार गरिएको जिकिर भने गरिएको छ।

त्यस्तै सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सबिनाको शनिबार बेलुकी ७ बजे स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको र महानगरको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको उल्लेख गर्दै विज्ञप्तिमा महानगरको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा सवारी चेकजाँच गर्दै गरेका ट्राफिक प्रहरीहरूले अनावश्यक केरकार गरेको उल्लेख गरिएको छ ।

केरकारको क्रममा सवारीचालकले आफ्नो परिचयपत्र देखाएको र सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय गाडीमा नबोकेको चालकले जनाउ दिदै गर्दा समेत ‘प्रहरीले ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको जिकिर गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रशव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित मेयरपत्नीमाथि प्रहरीबाट गरिएको व्यवहार असभ्य र खेदजनक रहेको भन्दै प्रहरीको सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ रहेको र प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनुपर्छ भन्ने सुझाव दिइएको छ ।

साथै विज्ञप्तिमा मानवीय संवेदनासँग जोडिएका यस्ता विषयमा समाचार संकलन, प्रकाशनरप्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरिएको उल्लेख छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031