बुधबार, जेष्ठ २, २०८१

संसद बैठक सूचना टाँस गर्दै स्थगन

 काठमाडौं भाद्र ५,
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने समझदारी बनेसंगै आजदेखि सुचारु हुने अपेक्षा गरिएको संसद बैठक सूचना टाँस गर्दै स्थगन गरिएको छ ।

संसद सचिवालयद्वारा जारी सूचनामा आजका लागि बोलाइएको संसद बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल भाद्र ६ गते बुधबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा उल्लेख गरिएको छ।

 यसैवीचमा प्रधानमन्त्री प्रचण्ड संगै शिर्ष नेतृत्वको कार्य व्यवस्ता प्रधानन्यायधीशको शपथलगायतका कारणले समय अभावका कारण आजका लागि बोलाइएको सर्वदलीय बैठक संसद बैठक दुवै स्थगन गरिएको नेताहरुले जनाएका छन ।