सोमवार, जेष्ठ ७, २०८१

उच्चस्तरीय छानबिन समिति गठन कार्यविधि केन्द्रीत सर्वदलीय बैठक बुधवारका लागि सर्यो

 काठमाडौं भाद्र ५,

आज बस्ने भनिएको उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि केन्द्रीत सर्वदलीय बैठक समय अभावका कारण बुधवार ११ बजे बस्ने भएको छ । कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले आज समय अभावका कारण बैठक भोली बस्ने गरी स्थगीत भएको जनाउ दिनुभयो ।

त्यस्तै नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेको तीन दलीय कार्यदलका सदस्य नेम्बाङले आजको कार्यदल बैठक समेत सकारात्मक रहेको अभिव्यक्ति संगै कार्यदलले कार्यविधिको मस्यौदा तयार पारिसकेको बताए । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु