सोमवार, बैशाख १७, २०८१

नेपाली वेब सिरिज ब्रह्माण्डको टिजर सार्वजनिक

काठमाडौं भाद्र ५,

कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निमार्ण रहेको नेपाली वेब सिरिज ब्रह्माण्डको टिजर नेपाली, अंग्रेजी र हिन्दी गरि तीन भाषामा सार्वजनिक भएको छ । ओटीटी प्लेटफर्मको लागि आवस्यक अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै यो सिरिज बनाइएको निमार्ण पक्षले जनाएको छ ।

पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, निशा अधिकारीसँगै राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज विष्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको पनि अभिनय रहेको छ । सिरिजबाट सुप्रज्ञा र सञ्जयले डेब्यु गर्दैछन् ।

सार्वजनिक टिजर हेर्दा विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने सम्भावना रहेको छ ।

सागरराज आचार्य कार्यकारी निर्माता रहेको निर्देशन रियाज नाटक्कारले गरेका छन भने एकेडेमीका सिईओ प्रकाश पुरी सिरिजका क्रिएटिव प्रोड्यूसर रहेका छन । आठ भागमा निमार्ण भएको ब्रह्माण्ड सिरिजको प्रत्येक भाग एक-एक घण्टाको रहने बताइएको छ।  यस्तै, केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामक साइको थ्रीलर सिरिजको टिजर सार्वजनिक गरेको थियो ।