सोमवार, बैशाख १७, २०८१

जानु ए जानु’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं साउन २३ ,
गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ रहेको छ । ‘

निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन रहेको छ । त्यस्तै नवनारी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ ।