मङ्लबार, जेष्ठ १, २०८१

संसदीय सुनुवाइ समितिको बैठक: प्रस्तावित प्र.न्या. श्रेष्ठविरुद्ध उजुरी आह्वानका लागि सूचना प्रकाशित गर्ने निर्णय

काठमाडौं साउन २३ ,
साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले श्रेष्ठविरुद्ध १० दिने समयसिमा सहितको उजुरी आह्वानका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

त्यस्तै समितिले श्रेष्ठविरुद्ध उजुरी प्राप्त भएपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेलगायत प्रक्रियासंगै प्रस्तावित व्यक्तिसँग सुनुवाइ गर्नेछ । समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु