सोमवार, जेष्ठ ७, २०८१

३ दलका शीर्ष नेतृत्वबीचको बैठक: संसद बैठक सञ्चालन गर्नका लागि एमाले सहमत

काठमाडौं साउन २३ ,
संसद्‌को अवरोध हटाउने विषयमा निकास पहिल्याउँन आज प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको ३ दलका शीर्ष नेतृत्व बीचको छलफल सकिएको छ ।

आजको छलफलमा सुन तस्करी प्ररणको छानविनकालागि उच्चस्तरीय संसदीय समिति गठनको माग सहित गत साउन १० यतादेखि लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज अपराह्न बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नका लागि सहमत भएको  हो ।

छलफलमा सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय संसदीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक सञ्चालनमा एमाले सकारात्मक भएको हो ।

 गृहमन्त्रीले आजको बैठकमा उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि बढ्ने र समिति गठन गर्ने प्रतिबद्धता नआए बैठक अवरुद्ध गर्ने भनाइ सहित एमाले केहि हदसम्म आफ्नो मागप्रति लचिलो भएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु