सोमवार, जेष्ठ ७, २०८१

कृष्ण नगरपालिकाका कर्मचारी साकिर अहमदविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

 काठमाडौं साउन २३ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले साकिर अहमदले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार साकिहर अहमदले सरकारी सेवामा प्रवेश गरेको मिति २०४८।१०।१५ गतेदेखि २०७८।०६।३० को अवधिको  समग्र आय तथा व्ययको बिश्लेषण गर्दा निजको वैध आयतर्फ १ करोड सोह्र लाख त्रिपन्न हजार नौ सय सन्ताउन्न रूपैंया रहेको र निजको वैध आयको अनुपातमा सोही अवधिमा निजले आर्जन गरेको बैंक मौज्दातसमेत गरी रु व्यय तथा लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपियाँ देखिएकाले आयबाट निजको व्यय घटाउँदा आएको एक करोड पचपन्न लाख उनासी हजार छ सय पन्चानब्बे रुपैयाका वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।

 आयोगले अहमदको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएसंगै निज र निजको परिवारले अमिल्दो र अस्वभाविक जीवन यापन गरेको प्रमाणित भएक कारण भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र जरिवाना जफत समेतको मागदाबी लिई विशेष अदालतमा आज आरोपपत्र दायर गरेको जनाएको छ ।