सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरणको मात्र होइन मदन भण्डारी हत्याकाण्डको फाइल खोल्न पनि आयोग बनाऔं : महामन्त्री शर्मा

काठमाडौं साउन २३,
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरुद्ध गर्दै आइरहेको संसदको मंगलबार बसेको बैठकमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् ।

त्यस्तै उहाँले सदन अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन नसकिएको भन्दै आपत्ति जनाउँदै संसद अवरुद्ध गर्ने कार्य बन्द गर्नुपर्ने भन्दै सुन तस्करी प्रकरणको मात्र नभइ भ्रष्टाचार र अनियमितता संगै निर्मला पन्तको हत्याकाण्ड देखि सरकार मातहतका निकायमाथि विश्वास गर्न नसक्दा सिर्जना भएको अवस्थाको समेत छानबिन गर्नुपर्ने बताए ।

साथै उहाँले मदन भण्डारीको हत्या सम्बन्धी फाइल खोल्न र संसदीय छानविन समिति बनाउन आवश्यक रहेको भन्दै मदन भण्डारीको हत्याकाण्ड सम्बन्धी फाइल खोल्न समेत प्रस्ताव गर्नुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु