सोमवार, जेष्ठ ७, २०८१

एमालेको नाराबाजीपछि कार्यसूचीमा प्रवेश नगरी संसद बैठक स्थगित

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेद्वारा पुनः संसद् अवरुद्ध

काठमाडौं साउन २३ ,
प्रतिनिधि सभा बैठक आजको बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा दिएको जवाफमा प्रतिक्षिदल नेकपा एमालेले उठान गर्दै आएको उच्चस्तरीय छानबिन समिति गठनको माग सम्बोधन नभएको भन्दै एमालेले संसद बैठकमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित भएको जनाउ दिनुभएको हो।

आजको बैठक शुरु भएको सभामुखको घोषणा संगै बैठकमा एमालेका सासंद योगेश भट्टराई , नेपालीकाँग्रेसका सासंद विश्वप्रकाश शर्मा , सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविनेकपा माओवादी केन्द्रका सासंद देवेन्द्र पौडेल , राप्रपाका सासंद राजेन्द्र लिङ्देन, राजकिशोर यादव , रास्वपाका रविलामिछाने , डा अमरेशकुमार सिं लगायतका सासंदहरुलाइ वोल्ने समय दिनुभएको थियो ।

त्यस्तै विभिन्न दल सम्वद्ध सासंदहरुले आफ्नो भनाइ राखेलगत्तै सभामुख घिमिरेले सरकारको तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ बैठकमा उठेको प्रश्न केन्द्रीत हुँदै वोल्नका लागि समय दिनुभएको थियो थियो ।

यसअघि आज विहान संसद्‌को अवरोध हटाउने विषयमा निकास पहिल्याउँन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको ३ दलका शीर्ष नेतृत्व बीचको छलफलको क्रममा सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय संसदीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक सञ्चालनमा एमाले सकारात्मक भएअनुसार बैठक सञ्चालन भएपनि गृहमन्त्रीबाट उच्चस्तरीय संसदीय समिति गठनको प्रतिबद्धता नआएपछि एमालेले बैठक अवरुद्ध गरेको हो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु