मङ्लबार, जेष्ठ १, २०८१

अवरुद्ध हुँदै आएको संसद बैठक सुचारु गर्नका लागि प्रम निवासमा तीन दलको बैठक बस्दै

काठमाडौं साउन २३,
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग सहित प्रतिपक्षीदल नेकपा एमाले गत साउन १० गतेयता देखि अवरुद्ध हुँदै आएको संसद बैठक सुचारु गर्नका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी   ओलीसहित तीन दलका प्रमुख सचेतकहरूको उपस्थित रहेको थाहा भएको छ।

सअघि सोमवार संघीय संसद्‌को अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीचको भएको छलफल विनानिष्कर्ष सकिएको थियो । सभामुख देवराज घिमिरेले कार्यकक्षमा भएको छलफलमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनका विषयमा दलहरु आ-आफ्ना अडानबाट पछि नहट्दा सहमति जुट्न नसक्दा बैठक निष्कर्ष विहिन भएको हो ।

छलफलमा प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान कायमै राखेका थिए भने सत्तापक्षका नेताहरु राज्यकै संयन्त्रले छानबिन गरिरहेकाले अर्को समिति आवश्यक नरहेको बताएका थिए ।