सोमवार, जेष्ठ ७, २०८१

नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० सदस्य मनोनीत कुन जिल्लाबाट को-को ? (सूचीसहित)

विधानविपरीत जम्बो केन्द्रीय समिति बनाएको भन्दै सभापति देउवाको आलोचना

काठमाडौं साउन २३ ,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गर्दै भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा जम्बो तदर्थ कार्यसमिति घोषणा गरेको छ ।  सभापति देउवाले २०७८ फागुन ९ मा दुजाङ शेर्पाको नेतृत्वमा गठित नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० जना सदस्य मनोनीत गरेको हो ।

यसअघि तरुण दलको समेत जम्बो केन्द्रीय समिति बनाएको भन्दै आलोचना खेपिरहेका सभापति देउवाले ७७ जिल्लाबाट प्रतिनिधित्व हुने गरि नेविसंघको जम्बो केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरेपछि सभापति देउवाको थप आलोचना शुरु भएको हो ।

सभापति देवाले मनोनित गरेका नेविसंको जम्बो केन्द्रीय तदर्थ कार्यसमितिका सदस्यहरुमध्ये कतिपयले आफु समितिमा बस्न इन्कार गरेको छ भने कतिपय विदेशमा रहेका समेतलाइ सदस्यमा मनोनित गरेपछि उनको आलोचना शुरु भएको हो ।

काँग्रेस भातृसंस्थाका जानकार विश्लेषकका अनुसार विधानत एक सय ५१ सदस्यीय केन्द्रीय समिति हुने उल्लेख भएपनि विधानविपरीत जम्बो तदर्थ समिति बनाउँदै सभापति देउवाले विधान वर्खिलापको काम गरेको जनाएका छन । त्यस्तै लामो समयदेखि नेविसंघमा रहेर काम गरेका व्यक्तिहरुलाइ उपेक्षा गर्दै आफु निकटका भागशान्ति गर्दै मनोनित गरेयता समानान्तर समिति समेत गठन हुन सक्ने आंकल समेत गरेका छन ।

यस्तो छ नेविसंघको जम्बो केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनीत भएका सदस्यहरुको सूची : 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु