सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभाको बैठक आज बस्दै , यस्तो छ कार्यसूची

 काठमाडौं साउन २३,
सुन तस्करी प्ररणमा उच्च स्तरीय छानविन समितिको माग सहित प्रतिपक्षीदल नेकपा एमाले गत साउन १० गतेयता देखि अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

छानविनको लागि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिने अडान लिँदै गर्दा सरकारले भने यसको आवश्यकता नभएको जनाउ संगै सुन तस्करी प्रकरणको छानवविनको लागि सीआईबीलाइ जिम्मेवारी दिइएकोछ ।

 यसअघि सोमवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच कुरा नमिल्दा सहमतिको प्रयासका लागि सभामुख देवराज घिमिरेले अपराह्न ४ बजेसम्मका लागि स्थगित गरेका थिए । तर, त्यसपछि बसेको दलका शीर्ष नेताहरुको बैठकमा पनि सहमति बन्न नसक्दा आजका लागि बैठक सारिएको हो ।

संसद सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूचीसंगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराउने कार्यसूची रहेको जनाएको छ ।

यस्तै, बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्ने र शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने रहेको छ ।

त्यस्ते सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेपनि बैठक सुचारु हुन्छ वा हुन्न भन्ने विषय भने आफैमा अनिश्चित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु