सोमवार, बैशाख १७, २०८१

छोटो चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक

काठमाडौँ साउन ९,
काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ । विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट््युव) मार्फत सार्वजनिक गरिएको हो । पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथामा समेटिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गर्नुभएको आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा मह जोडीसँगै बसुन्धरा भुषाल, रवि डंगोल, प्रदिप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले, पद वहालीका समयमा आफूले स्थानीय विवाद निरुपणका लागि मेलमिलाप केन्द्र स्थापना र सञ्चालन गर्ने यसका लागि महिला सञ्जाल गठन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यो निर्णय कार्यान्वयनमा गएर नतिजा आउन थालेकोमा गर्व महसुस भएको धारणा व्यक्त गनुभयो ।

त्यस्तै विवाद नहुनु सबैभन्दा राम्रो, जस्तो कि हरिवंश र म । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘शान्तिपूर्ण र सदभावयुक्त समाज निर्माण गर्ने सन्देश प्रवाहका लागि महानगरपालिकासँगको सहकार्यमा जोडिन पाएकोले खुशी लागेको छ ।’ त्यस्तै निर्देशक हरिवंश आचार्यले भन्नुभयो, ‘हामीले अहिलेसम्मकै छोटो अवधिमा राम्रो चलचित्र बनाएका हाँै । कानुनी आचरणलाई व्यवहारिक प्रयोगमा उतार्दाका प्राविधिक पक्षलाई निकै अध्ययन गरेपछि मात्र आकारमा ल्याउन सकिएको हो । यो सामग्री महानगरपालिकाले निर्माण गरे पनि सबै पालिकाका लागि उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्थानीय तहमा न्यायिक समितिबाट समाधान भएका विवादको संख्याले अदालतमा चाप कम भएको बताउनुभयो ।

कार्यक्रममा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई महानगरपालिकाले मौलिक सामग्री उत्पादन गर्न तालिम दिएका प्रशिक्षार्थीले बुनेका उपप्रमुख डंगोलले कदर पत्र र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुकुल प्रदान गर्नुभएको थियो ।