मङ्लबार, जेष्ठ १, २०८१

निर्वाचनको सरगर्मीसंगै एनआरएनए दक्षिण कोरियाको युवा संयोजकमा नापितको चर्चा

काठमाडौं साउन ९,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए दक्षिण कोरियाको आसन्न नवौं महाधिवेशनमा नजिकिंदै गर्दा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।  बढ्दो निर्वाचनको सरगर्मीसंगै परिवर्तन , एकता सहकार्य र सहअस्तित्व , परिपक्व श्रमकि मैत्री जुझारु युवा नेतृत्वकोको भाव सहित संजी कुमारराइ नेतउत्वको प्यानलबाट युवा संयोजक पदमा उम्मेदवार रहेका नविन्द्र राज नापितको निकै चर्चा चुलिएको छ।

लामो समयदेखि कोरियामा कार्यरत नापितले सामाजिक कार्यमासमेत आफ्नो सकृयता रहँदै आएकाले त्यही अनुभवका आधारसंगै सम्पुर्ण कोरियावासी युवा नेपालीहरुको प्रतिनिधित्व गर्ने उद्देश्यले एनआरएनए राष्ट्रिय समन्वय परिषद कोरियाको युवा संयोजक पदमा रहि काम गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन्।  साथै उनले २०१८ देखि कारियामा मजदुर जिबन बिताइरहेका नापितले यसवीचमा कोरियामा रहेका श्रमिक साथीहरु र विद्यार्थी साथीहरूले झेल्दै आएको समस्यालाई नजिकबाट नियाल्दै आइरहेका छन । कोरिया प्रवेशको शुरूवाती चरणमा फेन्थेक शहरमा फेन्थेक Migration मा उपाध्यक्ष र सास्कृतिक संयोजक को रुपमा समेत नापितले  जिम्मेवारी निर्वाह गरिसकेका छन ।

त्यस्ते विश्वव्यापी कोभिड महामारीका समय समेत कोरियामा रहेका सम्पूर्ण युवाहरुलाई हौसला दिनको लागि कमेदी चौतारी कार्यक्रम ल्च्ल्ब् र निबर्तमान युवा संयोजक छिन्गुको सहयोग तथा केडी स्तुडियो संगको सहकार्यमा युटुव मार्फत विभिन्न कार्यक्रमको प्रसारण तगा सो कार्यक्रमको निर्देशक तथा व्यवस्थापन गर्ने जिम्मा समेत सफलतापूर्वक निर्वाह गरेका छन ।त्यस्तै हाल फिट्नेस नेपाल ग्रुपमा मात्र आबद्ध रहेका नापितले पछिल्लो समय फिट्नेस नेपालले गर्दैआएको कार्यक्रममा सांस्कृतिक संयोजक तथा ब्यवस्थापनको जिम्मेवारी निर्र्वाह गर्दै आइरहेका छन ।

बदलिँदो विश्व परिवेशमा संस्थगत मान्यता सहित बिदेशमा बस्नुहुने नेपालीहरुको प्रतिनिधित्व गर्ने लक्ष्उ सहित चुनावी मैदानमा उत्रेका नापितले आफूले पदको मोहले आफु उम्मेदवार नभएको जिकिर सहित आफ्नो अभिष्ट भनेको कोरियावासी नेपालीको हित र संस्थालाई मजबुत बनाउनु रहेको भन्दै आफ्नो उम्मेदवारीको सवालमा प्रष्टिोक्ति दिएका छन ।

त्यस्तै उम्मेदवारी घोषणासँगै नापिलते दक्षिण कोरियामा कार्यरत नेपालीहरूको साझा समस्याहरू पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्ने, कोरियामा व्यवसाय गर्नै नेपाली व्यवसायीलाई सहयोग तथा प्रेरित गर्ने, कोरियामा एनआरएलाई थप बलियो बनाउने, प्रवासमा नेपालको भाषा र संस्कृतिप्रति रुचि जगाउन पहल गर्ने जस्ता कार्ययोजना सहितको आफ्ना एजेण्डा पनि अघि सारेका छन् ।

युवा समुदायमा बढ्दै गएको मानसिक समस्या, तनाव एंव बढ्दो आत्महत्या न्युनिकरणको लागि प्रेरणामुलक कार्यक्रमको आयोजना संगै कोरियामा रहनुभएका प्रवासी लक्षित हुँद फोटोग्राफी,भिडीयोग्राफी,म्युजिक प्रडक्सन,कफिमेकिङ,ग्राफिक डिजाइनको प्रशिक्षण खेलकुद प्रेमी खेलाडी लक्षित गरि एनआरएनए कप अन्र्तगत फुटबल ,भलिबल क्रिकेड ,ब्याडमिन्टन ,स्नोकर पुल टुनामेन्ट र फिटनेस कम्पिटिशन जस्ता खेलहरु समावेश गर्ने,नेपाली संस्कृति, परम्परा र सम्पदाको संरक्षण र प्रवद्र्धनलाई प्रवासी माझ प्रोत्साहन गर्दै कला, संगीत, नृत्य र व्यञ्जनलाई मनाउन र प्रदर्शन गर्न सांस्कृतिक उत्सव, प्रदर्शनी र कार्यशालाहरू आयोजना र कोरियामा श्रम गरिरहनु भएका प्रवासीहरु सँग मिलेर नेपालमा सीप, विशेषज्ञता र ज्ञान हस्तान्तरण गर्न सहज वातावरण निर्माण गर्ने जस्ता कार्ययोजना समेत अघि सारको छन ।

त्यस्तै नापितले हामीसंगको कुराकानीको क्रममा भने चुनावी एजेण्डाका बुँदाहरू थुपानु भन्दापनि आफु कर्ममा विस्वास गर्ने भएकै कारण मुलत कोरियामा रहेका श्रमिकका समस्या तथा संस्थालाई सवल र सबैको साझा बनाउन बढी केन्द्रित हुने बताए । त्यस्तै नेपाली श्रमीकका परिवार सहज रुपमा कोरिया ल्याउनको लागि कोरियन अध्यागमनसँग समन्वय गर्ने, कोरियन सरकारलाई दवाव दिएर नियम कार्यान्वयन गराउे र हेल्फ डेस्क स्थापना गर्नै जस्ता कार्ययोजना पनि आफ्नो प्राथामिकता रहेको उनले बताए ।

समग्रमा आसन्न निर्वाचनमा दक्षिण कोरियाको युवा संयोजक पदका लागि चर्चामा अरू पनि रहेका छन् तर प्रबल आकाङ्क्षीमा उभिएका छन् नापितको लामो समयको अनुभव र सामाजिक कार्यप्रतीको लगनशीलताले गर्दा उनको उम्मेवदारीलाई बलियो रुपमा हेरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु