सोमवार, जेष्ठ ७, २०८१

ढोकाटोलमा पुरुषोत्तम माहात्म्य

काठमाडौं साउन ८,
काठमाडौं महानगरको वडा न १९को ढोकाटोलस्थित वालगोपाल भजन परिसरमा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ ।

गत साउन २ गतेबाट स्थानीय महिला समूहको व्यवस्थापनमा शुरु भएको पुरुषोत्तम माहात्म्यको कथा वाचन कलाकार एवम् पण्डित शुशील राजोपाध्यायले गर्दै आउँनुभएको छ।

  साउन २ गते विधिवत पूर्वाङ्ग सहित शुरु भएको कथा वाचनको क्रममा प्रत्येक दिन अपरान्ह ४ बजे देखि पाठपारायण र त्यसपछि कथाको व्याख्या र भजन किर्तन गर्दै भक्तजनका लागि स्थानीय नेवारी भाषामा पण्डित राजोपाध्यायले भक्तजनहरुका लागि  विष्णुपुराणको प्रसंग  सहित पुरुषोत्तम माहात्म्यको  श्रवण गराउँदै  धार्मिक तथा भक्तिमार्गको रसपान गराउँदै  आउनुभएको छ।