सोमवार, जेष्ठ ७, २०८१

जनअपेक्षालाइ सम्बोधन गर्नुपर्नेमा महामन्त्री थापाको जोड

काठमाडौं साउन ८,
नेपाली कांग्रेसको जारी बैठकमा आफ्नो धराणा राख्दै पार्टीका महामन्त्री गगन थापाले पार्टीको नेतृत्व बदल्ने प्रयासमा लागिरहने प्रस्ट पारेका छन् । यसको लागि आफू एक्लै भए पनि अगाडि बढ्ने बताउनुभएकोछ ।

केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा महामन्त्री थापाले भ्रष्टाचारको प्रसंगमा भ्रष्टाचारको जात, लिंग, भाषा केही पनि नहुने भन्दै भ्रष्टाचारीलाई जोगाउन नहुनेमा जोड दिनुभयो ।

त्यस्तै जनताले कांग्रेसलाई साथ दिए पनि उनीहरुको कुनै पनि माग सम्बोधन गर्न नसकेका कारण उनीहरु काँग्रेससंग आक्रोशित भएको भन्दै अवको चरणमा जनताले अभिव्यक्त गरेको आशा र अपेक्षालाइ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यअर्थमा महामन्त्री थापाले कांग्रेसको अबको एजेन्डा बदलिनु पर्नेमा जोड दिदै भने, ‘कुनै बेला शान्तिको एजेन्डा थियो । कुनै बेला संविधानको एजेन्डा थियो । अब हाम्रो एजेन्डा के हो रु भन्ने विष्यमा प्रष्ट पार्दै हामीले हाम्रो घोषणा पत्रमा राखेको ‘समुन्नत नेपाल सम्मानित नेपाली’ लाइ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नेता थापाले पार्टी जमेको पोखरीजस्तो भएको जिकिर सहित प्रजातन्त्रमा भएको ‘एक्जिट’को व्यवस्थाको पालनाका लागि नियम बनाउनु पर्ने भन्दै आफुलाइ पार्टी सभापतिलाई गाली गरेको आरोप लागिरहेको विषयमा प्रष्टोक्ति सहित आफुले व्यक्तिलाइ नभइ पद्धतिलाई बदल्न खोजेको भन्दै सभापतिलाइ गाली नगरेको र सभापति शेरबहादुर देउवा पिता समान भएको भन्दै अथाह श्रद्धा भएको बताउनुभयो । त्यस्ते उहाँले अबको दुई वर्षपछि पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिदै सबैले दिएका सुझाव र आलोचनालाई ग्रहण गर्ने बताउनुभयो ।

 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रदेश सभापतिबीच छलफल गरेर प्रदेशको कार्यतालिका परिमार्जन गर्न सकिने बताए । उनले निर्वाचनमा पराजितलाई त्यही कार्यकालमा माथिल्लो पदमा ल्याउन नहुने उल्लेख गर्दै २०८४ सालको निर्वाचनबारे अहिल्यै चिन्ता गर्ने बेला नभएको बताए ।