सोमवार, जेष्ठ ७, २०८१

राजनीतिक रुपान्तरणका लागि एग्जिट पोलिसीको कार्यान्वयन : महामन्त्री शर्मा

काठमाडौं साउन ८,
नेपाली कांग्रेसको जारी बैठकमा आफ्नो धराणा राख्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

 महामन्त्री शर्माले एग्जिट पोलिसीको कार्यान्वयन गर्न सक्यौ भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने भन्दै उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकमात्रै बन्ने नियम बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उहाँले ‘रुपान्तरणको अभियान भनेर केही साथीहरुले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ति साथीहरुले आत्मलोचना गर्नुपर्ने र त्यसवीचमापनि केही महत्वपूर्ण विषयहरु संगठनका लागि गरौँ भनेर आएका छन् त्यसलाई पनि कांग्रेसले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै महामन्त्री शर्माले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरे यसबाट मिार्थ उत्तेजित हुन आवश्यक नभइको भन्दै २०८४ मा २००७ सालको जस्तो क्रान्ति नभइ मात्र निर्वाचन हुने बताए ।