सोमवार, जेष्ठ ७, २०८१

गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित काँग्रेस सरकारमा: उपसभापति खड्का

काठमाडौं साउन ८,
नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसले आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको प्रष्टोक्ति प्रस्तुत गर्नुभएको छ।  मुलुकके कार्यवाहक प्रधानमन्त्री समेत रहेको उभिसभापति खड्काले समयको माग अनुसार गठबन्धनको सीमा निर्धारण गर्दै काँग्रेस सरकारमा गएको जनाउ सहित उहाँले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने बताउनुभयो ।

त्यस्ते बैठकमा उपसपति खड्काले हामी आफ्ना एजेण्डा बोकेर गठबन्धनमा छौँ, गठबन्धनको सीमा पनि बुझेका छौँ, यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित काँग्रेस सरकारमा गएको छ । र हामीले यो गठबन्धनलाई ५ वर्ष लिएर जानुछ यसमा कुनै दुविधा नभएको तर पार्टीको तर्फबाट सरकारमा सहभागी प्रत्येक मन्त्रीहरुले ,व्यक्तिगत एवम् सामुहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार, एजेण्डाप्रति इमान्दार हुन जरुरी रहेको जिकिर गर्नुभयो ।

त्यस्तै बैठकमा न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र शहरी विकास मन्त्री सीता गुरुङ धनराज गुरुङ, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, र राजीव कोइरालाले लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । केन्द्रीय समितिको बैठक श्रावण १० गते बुधबार अपरान्ह ४ःबजे बजे पार्टी मुख्यालयमा पुनः बस्नेगरी स्थगित भएको छ ।