सोमवार, जेष्ठ ७, २०८१

आज साउनको दोस्रो सोमबार , पशुपतिनाथ लगायतका शिवालयमा भक्तजनको घुइचो

काठमाडौं साउन ८,
आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा सुख, शान्ति तथा सौभाग्य एवम् समृद्धिको कामना गर्दै भगवान शिवलाई जल चढाउँदै मनोकामना पूर्णताको कामना सहित भगवानको शिवको पूजाअर्चना हुँदै छ ।

राजधानीको पुशपतिनाथ , काठमाडौंको मरुहिटीस्थित सन्तानेश्वर महादेव मन्दिर लगायत कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, चितवनको देवघाटमा बिहानैदेखि हरियो बस्त्र र आभूषणमा सजिएका महिला भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन ।

त्यस्तै नेपाली हिन्दू महिलाहरुले साउने सोमवारमा ब्रत बस्नुका साथै महिनाभरी शिवको आराधना गर्ने क्रममा हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्दछन् । स्मरण रहोस हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

 त्यस्तै आजको दिन काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा चढाउने बोलवम समूहको पनि त्यतिकै घुइँचो रहेको छ । त्रेतायुगमा पार्वतीले भगवान शिवलाई बरको रुपमा प्राप्त गर्नका लागि १६ सोमवारी ब्रत गरेको कुरा शिवपुराणमा उल्लेख भएअनुरुप आजको दिन महादेवको पूजा पाठ गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।