सोमवार, जेष्ठ ७, २०८१

पुन मनसुन प्रणाली सक्रिय: चार प्रदेशमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना

 काठमाडौं साउन ८,
मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेसंगै फेरि मनसुन प्रणाली सक्रिय भएको जनाएको छ।  मनसुनको सक्रियतासंगै मधेश प्रदेशका एकाधस्थानमा र देशका बाँकी भूभागमा समेत मध्यम वर्षा वर्षाभइरहेको जनाएको छ।

 त्यस्तै महाशाखाले आज दिउँसो कोशी ,बागमती , गण्डकी रसुदूरपश्चिम प्रदेशका एकाध स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्ते महाशाखाले आज जारी गरेको बुलेटिनमा आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा समेत वर्षा हुने पूर्वानुमान उल्लेख गरेको छ ।

त्यस्त्ै भोलि [मंगलबार] दिउँसो पनि गण्डकी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित भारी वर्षा हुनेछ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू९भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ भने राति सबै प्रदेशका पहाडी भू९भागका थोरै स्थान तथा बाँकी भू९भागका एकाध स्थानमा मध्यम वर्षा हुने जनाएको छ ।