सोमवार, जेष्ठ ७, २०८१

डेंगु संक्रमणको रफ्तार बढेसंगै बिपी स्वास्थ्य प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

काठमाडौं साउन ८,
पछिल्लो समय डेंगु रोगको संक्रमण र विस्तार फैलिएसंगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको  छ ।  धरान सुनसरी लगायत आसपासका जिल्लामा व्यापक रुपमा डेंगु फैंलिदै गएपछि संक्रमितको सहज उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा। चुरामणी पोखरेलले गत जेठ महिना देखि हालसम्म प्रतिष्ठानमा उपचारका लागि आएका डेंगु संक्रमितमध्ये ४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । साथै प्रतिष्ठानमा दैनिक उपचारका लागि आउँने विरामी मध्ये ३०–३५ जनामा डेंगी देखिने गरेको जनाएको छ।