मङ्लबार, जेष्ठ १, २०८१

भाद्र देखि देशभरका सबै यातायात कार्यालयमा अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा

काठमाडौँ साउन ९,
आगमी भाद्र महिना देखि देशभरका सबै यातायात   देखिने भीडलाई प्रविधिसंगै जोड्दै सेवाग्राहीलाइ प्रविधिमैत्री बनाउनअनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू हुने भएको छ ।

यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीसहितको सयुक्त रुपमा काभ्रेको धुलिखेलमा भएको सयुक्त बैठकले यातायात क्षेत्रमा देखिएको विकृतिको निरुपणका लागि ११ बुँदे धुुलिखेल सामूहिक घोषणपत्र जारी गर्दै यस्तो निर्णय गरेको हो ।

 पछिल्लो समय गण्डकी प्रदेशको पोखरामा सञ्चालनमा आइसेको विद्युतीय सेवाको सफल र प्रभावकारी भएपछि देशभर लागू गर्ने योजनासंगै सरकारी सवारी साधनमा पहिले इम्बोष्ट नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागू गर्ने उदि इम्बोष्ट नम्बर जडान नभए उसको नवीकरण रोक्नेसम्मको निर्णय भएको घोषणापत्रमा उल्लेख रहेको छ ।

त्यस्तै बैठकले सवारी चालक अनुमतिपत्र, स्मार्ट चालक अनुमतिपत्रको छपाइ, इम्बोस्ड नम्बर प्लेट, पुराना सवारी साधनको लगत कट्टा, वैज्ञानिक भाडादर निर्धारणजस्ता विषयमा समन्वय गरेर काम गर्ने निर्णय गरेको छ ।

बैठकमा यातायात मन्त्रालयसमेतको जिम्मेवारीमा रहेको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहित बाँकी प्रदेशबाट यातायातमन्त्री र सचिवहरुको सहभागिता थियो

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु