सोमवार, जेष्ठ ७, २०८१

सुन वरामद प्रकरणका दोषी कुनै पनि हालतमा उम्कन नसक्ने गृहमन्त्री श्रेष्ठको दावी

काठमाडौँ साउन ९,
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न ठुला, साना जो भएपनि सबैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभएको छ।  प्रेस सेन्टर नेपाल गोरखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री श्रेष्ठले दोषीलाई कानुनी दायरामा ल्याउँछौँ। यसमा कुनै छैन। अनुसन्धानमा किमार्थ बिराम नलागेको बताउनुभयो ।

पछिल्लो समय विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिएको कुरालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको भन्दै सुन वरामद प्रकरणमा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको जनाउ सहित तथ्य र प्रमाणका आधारमा दोषीलाइ पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने बताउनुभयो ।

साथै उहाँले सुन तस्करीको घटनामा संलग्न जो कोहि भएपनि सुक्ष्मरुपमा जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको जनाउ सहित अनुसन्धानको क्रममा दोषी कुनै पनि हालतमा उम्कन नसक्ने उहाँको भनाइ रहेको
थियो ।