बिहिबार, बैशाख २७, २०८१

काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा बस्नेत

 काठमाडौं असार २०,
काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जिम्मेवारी गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता जीतेन्द्र बस्नेतले पाएका छन ।

यअघि प्रजिअको जिम्मेवारीमा रहेका घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो ।
पछिल्लो समय गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका बस्नेतले पुनःनिर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा प्रदेश कार्यालमा समेत काम गरिसकेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु