सोमवार, जेष्ठ ७, २०८१

१० महिनापछि काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं असार २०,
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बुधबार सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीसहितको बैठकले असार २७ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असार २७ को बैठकमा निर्वाचनको समीक्षा, पार्टीका विभिन्न गतिविधिसहित समसामयिक विषयमा छलफल हुने उनले बताए।

विधानबमोजिम प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रावधान रहेपनि काँग्रेस केन्द्रीय समितिको बैठक विगत लामो समय यतादेखि बस्न सकेको छैन ।