शनिबार, बैशाख २९, २०८१

ललिता निवास प्रकरणमा भाटभटेनी मार्केटका सञ्चालक गुरुङ र पूर्वआयुक्त शाहसहित ७ जना पक्राउ

काठमाडौं असार १२ ,
ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित ७ जना पक्राउ परेका छन् ।

ब्युरोले गुरुङलाई उनको निजि निवास नक्सालबाटै पक्राउ गरेको हो । गुरुङसँगै शाह र अन्य पाँच जनासहित ७ जनालाई आज ९मंगलबार० एकै दिन पक्राउ गरेको हो । निर्वाचन आयोगका पूर्वआयुक्त शाह तत्कालीन अवस्थामा जिल्ला मालपोत कार्यालय भक्तपुरमा कार्यरत थिए ।

त्यस्त} पक्राउ परेको अन्यमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख ९सहसचिव० कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, भुपेन्द्रमणि केसी र गोपाल कार्की रहेका छन । उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको व्युरोले जनाएsf] छ ।

 ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतका न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

समाचारस्रोतका अनुसार गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जमिन सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।