शनिबार, बैशाख २९, २०८१

मुलुकको ६ जिल्लाका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

तस्वीर: प्रदिपराज वन्त

काठमाडौं असार १२ ,
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट, बाँके, पाल्पा, अर्घाखाँची पर्सा र बाराका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकपछि रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाइ नियुक्त गर्ने निर्णयसंगै राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नतिसंगै लामालाई सुदूरपश्चिम र तिमिल्सिनालाई कर्णाली प्रदेशमा पदस्थापन गर्ने गर्ने निर्णय गरेको छ।