आइतवार, बैशाख ३०, २०८१

महानगरका प्रमुख बालेन्द्रसंग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

काठमाडौं असार १२ ,
सर्वोच्च अदालतले काठमाडौं महानगरका प्रमुख बालेन्द्रसाह विरुद्ध अदालतको अवहेलना मुद्दा प्रकरणमा लिखित जवाफ माग्न आदेश गरेको हो ।  प्रमुख शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा दर्ता गरेको निवेदनमाथि आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।

हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि प्रमुख साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएसंगै प्रमुख शाहले उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै सामाजिक सञ्जालमा अदालतप्रति कडा टिप्पणी गरेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुक मा जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । यसबाट अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन भन्दै आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

 महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिले अदालतको गरिमामा आँच पुगेको भन्दै दर्ता भएको निवेदनको सुनवाइको क्रममा अदालतले यस्तो आदेश जारी गरेको हो ।

स्मरण रहोस, महानगर प्रमुख साहले जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन । भन्दै लेखेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031