आइतवार, बैशाख ३०, २०८१

कृषि विकास कार्यालयका निमित्त तत्कालीन प्रमुख सहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं असार १२ ,
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिएबमोजिमको काम नगरी भ्रष्टाचार गरेको आरोपमा उनिहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मुद्धा दायर गरेका बाँकी आरोीहरु क्रमस कार्यालयका सबइञ्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावल रहेको जनाउँदै उनिहरुले  आर्थिक वर्ष २०७६र७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका९४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नर्गनु र कार्यस्थलमा नभएको कामको समेत विवरण तयार पारी १२ लाख ८३ हजार ३४ रूपैयाँ बराबरको भुक्तानी दिनु भ्रष्टाचारको पराकाष्ठा भएको आयोगले जनाएके छ।

मुद्धा दायरको क्रमममा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा सहित सबै जनासंग १२ लाख ८३ हजार ३४ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031