शुक्रबार, बैशाख २८, २०८१

गोरखाको मनकामनामा १९ यात्रु सवार जिप दुर्घटना , पाँचको मृत्यु, १२ घाइते

काठमाडौं असार ८,
गोरखाको मनकामनामा शुक्रबार बिहान बेहुलीको माइतमा ससुराली मान्न गएका बेहुला पक्षका मानिस चढेको जिप दुर्घटना हुँदा ४ पुरुष र १ महिला पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्रहरीले प्रदेश ३-०१-०२३ च २४२७  नम्बरको १९ यात्रु सवार रहेको उक्त बोलेरो जिप   सहिद लखन गाउँपालिका ३, सिलिङमा शुक्रबार बिहान २ बजे कच्ची सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको जनाएको छ ।

त्यस्तै घाइते हुनेहरु सबै सहिद लखन ५, पोखरीडाँडाका हुन् । घाइते लालु थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक रानाको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।