शुक्रबार, बैशाख २८, २०८१

बढ्दो मनसुनी प्रणालीको प्रभावसंगै आज देशभर भारी वर्षाको संभावना

 काठमाडौं असार ८,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव बढ्दो प्रभाव संगै देशभर अहिले आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको नियमित बुलेटिनमार्फत जनाएको छ ।

त्यस्तै यसवीचमा सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने महाशाखाले पूर्वानुमान सहित महाशाखाले शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना औल्याउँदै बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031