शनिबार, बैशाख २९, २०८१

सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खस्यो

काठमाडौ असार ४,
सिमकोटबाट हिल्सा जाँदै गरेको कर्णाली प्रदेश ०३९१९०२२ च ५१२६ नम्बरको बलेरो जिप सोमबार बिहान च्याछहरा भिरबाट कर्णाली नदीमा खसेको छ ।

१२ जना यात्रु र समान सहित बलेरो जिप हिल्सा जाँदै गरेको जिप च्याछहराको भिरमा अफ्ठ्यारो उकालो बाटोका कारण जिप चढ्न नसक्ने भएपछि चालकले सबै यात्रु ओरालेका थिए । यात्रु बिनाको जिपलाई उकालोमा चढाउने क्रममा बिहान करिब ७ बजे भिरबाट ५० मिटर तल कर्णाली नदीमा खसेको हो ।

जिप भिरबाट नदीमा खस्दै गर्दा चालक हाम फालेको र उनी गम्भीर घाइते भएको अवस्थामा भेटिएपनि उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । त्यस्तै सामानसिहत खसेको जिप भने डुबेर बेपत्ता भएको  प्रहरीले जनाएको छ ।