शुक्रबार, बैशाख २८, २०८१

आज १५ बुँदे प्रतिबद्धता सहित सिद्धान्त मेल खाने कम्युनिस्टहरु समाजवादी मोर्चामा रुपान्तरण हुँदै

मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति

काठमाडौ असार ४,
आज सत्तारुढदल माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी, र नेपाल कम्युनिस्ट पार्टी लगायतका दल आबद्ध समाजवादी मोर्चा नेपालको घोषणा गरिने भएको छ। मोर्चा घोषणा कार्यक्रममा सहभागी हुन आफ्ना नेता तथा कार्यकर्तालाई चारै दलले सहभागी हुन आह्वान गरेका छन ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीबीच सोमवार मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति सहित समाजवादी मोर्चाको औपचारिक घोषणा गर्ने सहमति गरेको हो ।   मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।

सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापनाका लागि समाजवादको रुपान्तरणर आफैमा एकमहत्वपूर्ण विकल्प भएको ठहर गर्दै हुन लागेको समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रम राजधानीको प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा अपरान्ह ४ बजे निश्चित विचार र सिद्धान्त मेल खाने कम्युनिस्ट पार्टीवीच १५ बुँदे वैचारिक एवं राजनीतिक प्रतिबद्धता सहित एक विशेष कार्यक्रमकावीच घोषणा गरिने तयारी भएको थाह भएको छ।

त्यस्ते घोषणा हुने समाजवादी मोर्चाले आन्दोलनको जगमा प्राप्त हालसम्मका उपलब्धिको रक्षा गर्दै समाजवादको बाटो तय गर्ने भन्दै आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समृद्धिका सवालमा समेत साझा धारणा तय गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेशी, आदिवासी, जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्गलगायतका सीमान्तकृत समुदायको पहिचान , समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्यलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने योजना तय गरेको बुझिएको छ।

साथै मुलुकमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने लगायतका प्रतिवद्धता अभिव्यक्त गर्ने बढाउने कार्य योजना समेत तय गरेको बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031