शुक्रबार, बैशाख २८, २०८१

बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप रु एक लाख दिने निर्णय

 

काठमाडौ असार ४,
कोशी प्रदेश विपद् व्यवस्थापन समितिको आइतबार साँझ बसेको बैठकले बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई रु एक लाख दिन निर्णय गरेको छ । कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

 आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाई राहतस्वरुप रु एक लाख प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले घाइतेको उपचार गर्ने, भौतिक संरचना पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय समेत गरेको समितिले जनाएको छ।