बुधबार, जेष्ठ २, २०८१

महानगरभित्रका हलमा सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकिने

काठमाडौं असार ३,
काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख वालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।

मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिन पहिले हटाउन आह्वान गरेका थियौँ । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गरिएसंगै नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिने र यसका लागि नगर प्रहरी आइतबारदेखि खट्ने  महानगरपालिकाले जनाएको छ ।

यसअघि काठमाडौँ महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएका थिए ।

यसैवीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले जारी विज्ञप्तिमा नेपालको राष्ट्रिय विभूति जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत गरिएको संवादको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

त्यस्तै जारी केन्द्रीय चलचित्र जाँच समितिले मिति २०८० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय वेटीको रुपमा प्रस्तुत भएको संवादमा “भारतकी” शब्दलाई हटाउन लगाई सो पश्चात मात्र चलचित्र जाँच पास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा हिन्दी भाषाको कथानक चलचित्र आदिपुरूषको जाँचका लागि चलचित्र विकास बोर्डबाट मिति २०८० साल जेष्ठ २९ गतेको सिफारिस पत्र केन्द्रीय चलचित्र जाँच समितिमा प्राप्त भएकोमा चलचित्र [निर्माण, प्रदर्शन तथा वितरण] ऐन, २०२६ तथा नियमावली, २०५७ को प्रावधान बमोजिम उक्त चलचित्र को हो। नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नु पूर्वनै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सरोकारवालाहरूबाट जनाईएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031