शुक्रबार, बैशाख २८, २०८१

बागमती प्रदेश सरकारद्वारा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक [बजेट वक्तव्य सहित]

काठमाडौं असार १,
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको तर्जुमा बजेट सार्वजनिक गरेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर आगामी आर्थिक वर्षको नीति तथा योजनाको कार्यान्वयन गर्ने गरी बजेट सार्वजनिक गरेको हो ।

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट सार्वजिक गर्दै विनियोजित कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार विनियोजन गरिएको जानकारी    दिनुभयो ।

त्यस्तै उहाँले स्रोततर्फ कर राजश्वबाट २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख राजश्व उठाइने लक्ष्य लिइएको जानकारी दिनुभयो ।