शुक्रबार, बैशाख २८, २०८१

प्राधिकरणले महानगर प्रमुख बालेन्द्रलाइ सोध्यो सात दिने स्पष्टीकरण

 काठमाडौं असार १,
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहलाई सात दिनभित्र लिखित स्पष्टीकरण सोधेको छ ।

काठमाडौं महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि प्रमुख साहलाई स्पष्टीकरण सोधिएको हो । प्राधिकरणले आज जारी विज्ञप्तिमा महानगरअन्तर्गत वडा नं-९ स्थित नक्सा सिट नं९ १०२–११४७–१५, किनं ३० को जग्गा प्राधिकरणले तारवार लगाई  राखेको  फेन्सिङ तारवार नकाट्न    अनुरोध गर्दा पनि अटेर गरी जबरजस्ती कानुन विपरीत सो कार्य गरिएको उल्लेख छ ।

प्राधिकरणले सोधेको स्पष्टीकरणमा फेन्सिङ तार काट्ने काममा महानगरप्रमुख साहको प्रत्यक्ष संलग्नता देखिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ ९१० बमोजिम सजाय किन नगर्ने हो ?  भन्दै सोको लिखित स्पष्टीकरण सात दिनभित्र दिन भनेको छ।