शुक्रबार, बैशाख २८, २०८१

६ वटा प्रदेश सरकारले आज आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै

कोशी प्रदेशको अध्यादेशमार्फत बजेट सार्वजनिक

काठमाडौं असार १,
मुलुकको सात प्रदेश मध्ये मधेस , बागमती गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले आज बस्ने प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष गर्दैछन । कोशी प्रदेशमा प्रदेश नामाकरणको विषयलाइ लिएर सिर्जित आन्दोलनका कारण कोशी प्रदेश सरकारले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

प्रस्तुत आर्थिक सर्वेक्षणको आकंडा अनुसार चालु आर्थिक वर्षमा ७० अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले संसद् विकास कोषको अवधारण सहितको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन ।
यद्यपी बागमती प्रदेश सरकारको यसपटकको बजेटमा राजस्व संकलनको दर र खर्च गर्ने क्षमताको तालमेल हुन नसक्दा बजेटको आकार घट्ने संभावना रहेको देखिन्छ ।

यसैगरी, गण्डकी प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना पूरा गर्न प्राथमिकतामा राखेर बजेट ल्याउँदै छ भने चालु आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले यसपटक बजेटको सिलिङ घटाउने भएको छ ।

त्यस्तै गरि कर्णाली प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी, कृषि उत्पादनमा जोड, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकरण सहितको बजेट सार्वजनिक गर्दैछन भने सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सहितको बजेट सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।