शुक्रबार, बैशाख २८, २०८१

प्रस्तावित प्रन्या कार्कीले संसदीय सुनुवाइ समितिमा आफूमाथि उठेका प्रश्नको जवाफ दिदै

काठमाडौं असार १,
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अहिले संसदीय सुनुवाइ समितिमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । सिंहदरबारमा जारी समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको कार्कीले जवाफ दिदै गरेको हो ।

संसदीय सुनुवाइ समितिमा कार्कीको सवाल जवाफ सकेसंगै समितिले संवैधानिक परिषद्‌ले गरेको नियुक्तिमाथि समितिले आफ्नो निर्णय दिनेछ । यदि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा विगत ९ महिनादेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी निर्वाह गर्दै आइरहेका कार्कीलाए संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले फुल प्रधानन्यायाधीश नियुक्त गर्नेछन ।

 यसअघि समितिको बिहीबारको बैठकमा कार्कीले आफ्ना भावी योजनाको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले न्यायपालिकाप्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्ने प्रतिप्रद्धता व्यक्त गरेका थिए ।