शनिबार, बैशाख २९, २०८१

राष्ट्रपति पौडेल उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं जेठ ३१,
स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

राष्ट्रपतिको सचिवालयले राष्ट्रपति पौडेलको नियमित स्वास्थ्य परीक्षण तथा उपचार संगै आज विहान ८ बजे डिस्चार्ज  गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उपचारमा संलग्न चिकित्सकले पौडेलको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा देखिएको स्वास्थ्य समस्या एन्जिओप्लास्टी गरेर खुलाइएको अस्पतालस्रोतले जनाएको छ।