आइतवार, बैशाख ३०, २०८१

जलहरी प्रकरणमा राज्यले आफूलाई चोर करार गर्न खोजेको कोषका सदस्य–सचिवको गुनासो

काठमाडौं जेठ ३०
आज बसेको संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथमा चढाइएको जलहरीबारे पशुपति क्षेत्र विकास कोषले स्पष्टीकरण दिएको छ ।  बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले पशुपतिनाथमा चढाइएको जलहरीमा १० केजी सुन नपुगेको हो भने आफुलाइ समितिको संयोजकको हैसियतमा मृत्युदण्ड दिँदा हुने अभिव्यक्ति दिएका छन ।

त्यस्तै सदस्य–सचिव डा थापाले बैठकमा निकै मार्मिक ढंगमा हामी राज्यको निकायबाट मनोनित कर्मचारी भएको कारण राज्य प्रमुखहरूबाट भएको निर्देशन अनुरुप हामीले काम गरेको बताउँदै पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गर्नुभएकोछ ।

सुनको जलहरी न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो ? egb}  उहाँले नेपाल राष्ट्र बैंकको सम्झौता अनुसार हामीले सुन ल्याएर राखेका छौँ भन्दै थापाले आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको गुनासो गर्नुभयो ।

त्यस्तै उहाँले पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने पनि जिकिर गर्दै आज मेरो गाउँभरी बेइज्जत भयो। मेरो दुई जना सन्तान छन्। [गहँभरी आँशु पार्दै] अन्यथा नलिनु होला। म कमजोर होइन। तर राज्यले कमजोरी बनायो नि त। आयोगले छानबिन गर्न नपर्नेरु पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउन। यो च्यालेन्ज हो। पुगेन पनि फाँसीदेऊ भने’, उनले भने, ‘तर हाम्रा पत्रकार साथीहरूले यथार्थ नबुझिकन सुन चोर भनेर निकालिदिनु हुन्छ। मेरा दुइटा बच्चा छन्। मेरो बच्चाको भविष्य अन्धकार बनाइदिने ? राज्यको त्यही नीति हो? प्रश्न समेत गरे ।

 तत्कालीन प्रधानमन्त्री केपी ओली र त्यसबेलाका राष्ट्रपति विद्या भण्डारीको निर्देशनमा आफूहरुलाई शिवरात्री भरीमा त्यो सकाउनु भनिएको र सोही निर्देशनअनुसार काम सम्पन्न गरिएको बताउँदै सदस्य सचिव थापाले सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्यूटीमा रहेका कारण नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने भन्दै  प्रश्न समेत गरे ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031