सोमवार, बैशाख ३१, २०८१

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिसंगै अस्पताल भर्ना

  काठमाडौं जेठ ३०

राष्ट्रपति रामचन्द्र पौडेललाई गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । दम र ग्यास्ट्रिकबाट पीडित पौडेललाई छाती दुख्ने समस्या देखिएसंगै आज बिहान ७ बजे उहाँलाइ काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर मुटुको परीक्षण गरिएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले स्वास्थ्य परीक्षण गरिरहेको बताइएको छ ।

यसअघि उनको फोक्सोमा समस्या देखिएपछि गत वैशाखको पहिलो साता भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको    थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031