शनिबार, बैशाख २९, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको बहस जारी, मंगलवार खाण पक्षका कानुन व्यवसायीहरुले बहस गर्ने

काठमाडौं जेठ २९,
काठमाडौं जिल्ला अदालतमा जारी बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको बहस करिव करिव अन्त्यतिर पुगेको छ ।

मंगलबार बालकृष्ण खाणका तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्नेछन् । राज्यविरुद्धसहित पाँच कसुर लागेका खाणको पक्षमा पूर्वमहान्याधिवक्ताहरु रमण श्रेष्ठ , खम्मबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र बारकै पूर्वअध्यक्ष प्रेम खड्का लगायतले बहस गर्ने तयारी रहेको बुझिएको छ।

अदालत सम्वद्ध स्रोतका अनुसार संभवत मंगलवारको बहस नै अन्तिम बहस हुने र त्यसपछि सरकारी वकिलको प्रतिउत्तर बहस हुने बुझिएको छ ।  सरकारी वकिलको प्रतिउत्तर पछि अदालतले पक्राउ परेको अभियुक्तहरुरुकलाइ के गर्ने भन्ने विषयमा बुधबार वा विहविार सम्ममा आदेश जारी गर्ने तयारी रहेको थाहा भएको छ।

यसैवीच आज जारी बहसको क्रममा आज पूर्वमहान्याधीवक्ता रमण श्रेष्ठले प्रस्तुत प्रकरणमा पत्रलाउ परेका सचिव टेकनारायण पाण्डेको परषमा रक्षात्मक बहस गर्दै पाण्डे दोषी नभएको जिकिर गरेका छन ।

यसअघि पूर्वमहान्यायधिवक्ता रमेश बडालले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बचाउमा बहस गरिसकेका छन् ने भोली खाणको पक्षबाट बहस हुने भएको छ ।