आइतवार, बैशाख ३०, २०८१

शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्ष राजेशबाबु

काठमाडौं जेठ २९,
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। आइतवार सम्पन्न महासंघको साधारण सभाले श्रेष्ठ अध्यक्षमा निर्वाचित गरेको हो ।

तयस्तै महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षद्वयमा महासचिव ,सचिव र कोषाध्यक्षमा क्रमस विजयलाल कायस्थ, सुजन लामा, रोशन महर्जन, अजय बज्राचार्य, दिनेश कुमार राजभण्डारी र बलराम सुवेदी निर्वाचित भएका छन्।

तयस्तै कार्य समिति सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन्। नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको विधानत व्यवस्था अनुसार थप एका उपाध्यक्ष र ७ जना सदस्य मनोनयन समेत गरेको छ ।

प्राप्त जानकारी अनुसार मनोनित उपाध्यक्षमा राजेश उपाध्याय रहेका छन भने सदस्यहरुमा क्रमस ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई रहेका छन्।

त्यस्तै वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील मान तुलाधर ,कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन्। महासंघको हाल ४ प्रदेश संघ र ३० जिल्ला संघ ििवस्तारित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031