शनिबार, बैशाख २९, २०८१

संसद बैठक आव ८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफल हुँदै

 

काठमाडौं जेठ २४,
प्रतिनिधिसभाको आज बस्ने बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफल हुने भएको छ। मंगलवारबाट सुरु भएको हो।

मंगलवारको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी एमालेलगायतका दलका सांसदहरूले बजेटले आर्थिक संकट निवारण गर्न नसक्ने बताउँदै गर्दा सत्तापक्षका सासंदले भने बजेट सही भएको र यसलाई कार्यान्वयन गर्नतिर लाग्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै छलफलकै क्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन माग गरेका थिए।