शनिबार, बैशाख २९, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण सरकारी वकिलको तर्फबाट अभियोजनका पक्षमा बहस जारी

काठमाडौं जेठ २०,
नक्कली भुटानी शरणार्थी विरुद्ध आजबाट सुरु भएको काठमाडौं जिल्ला थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट अभियोजनका पक्षमा बहस जारी रहेको छ।

प्रस्तुत प्रकरणमा पक्राउ परेका १८ जनाको बयान सकिएसंगै आजबाट सुरु भएको थुनछेक बहसमा दुवैतर्फका कानुन व्यवसायीहरुका तर्फबाट बहस हुने भएकाले आदेश आउन भने केही दिन लाग्ने अदालतले जनाएको छ।

त्यस्तै गत १० जेठमा ३० जना प्रतिवादी उपर राज्यविरुद्धसहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो ।

त्यस्तै पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाकार इन्द्रजित राईविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।